Saturday, June 27News That Matters

चोरीमा संलग्न तिन युवक सुनको गरगहना सहित पक्राउ

पूर्णपुष्टि, भाद्र २९ गते ।

मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका–६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् ।भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर–गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।