Wednesday, April 29News That Matters

चौदण्डीको लामा खोला आसपासका उत्खनन् तत्काललाई रोक्न सिडियोको निर्देशन

पूर्णपुष्टि, २० बैशाख ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा नियमविपरिद भैरहेको ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न निर्देशन भएको छ । पालिकाको वडा नं ४ र २ लामा खोला आसपासका ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला समन्वय समिति उदयपुरले निर्देशन दिएको हो । उत्खनन्को निगरानी स्थानीयवासीहरुले बिगत देखीनै गर्दै आएको भएपनि ठेकेदारले अटेर गरिरहेका थिए । त्यस क्षेत्रमा श्री साङ्गे छोयलिङ कन्ट्रक्नस नामक कम्पनीले उत्खनन गरिरहेका थिए ।

कुनै पनि मापदण्ड र प्राविधिक बिनै लापर्वाही तरिकाले उत्खनन गरिरहेको भन्दै स्थानीयहरुको चर्को बिरोध पछि उक्त कार्य रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल र जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर वहादुर विश्वकर्माले निर्देशन दिईएको हो । शुक्रबार लुईटेल र विश्वकर्मा आफै उत्खनन् क्षेत्रको अनुगमन गर्न गई उक्त निर्देशन दिएको थियो । अधिकारी पाण्डेले तत्काललाई यस क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भन्दै निर्देशन गरेको छ । त्यस क्षेत्रमा प्रहरीलाई पनि तैनाथ रहन लुईटेलको निर्देशन छ । सँगै ठेकेदार कम्पनीलाई पनि काम नगर्न लुईटेलले सुझाएको छ । यस बिषयमा जिल्ला समन्वय समितिको बैठकले निर्णय गर्ने जनाईएको छ । समन्वय प्रमुख विश्वकर्माको अध्यक्षतमा रहेको अनुगमन समितिले छलफल गर्ने र त्यसको निर्णय अनुरुप मात्रै अघि बढ्न सकिने लुईटेलले सुझाएको छ ।

पाण्डेले आफ्नो प्राविधिकहरुले दिईको प्रतिवेदन र ठेकदार कम्पनीको निर्णयको आधारमा बैठक वस्ने जनाएको छ ।