Friday, June 12News That Matters

चौदण्डीमा कालुमानको अग्रता

पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा कालुमान लामाले अग्रता लिएको छ । नेकपा एमालेबाट मेयर पदका दाबेदार लामा ५ हजार ७ सय ६५ मत ल्याएर ९ सय ५३ मत अतान्तरका साथ उनले चौदण्डीगढीमा अग्रता कायम गरेको हो ।
यता, नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार रहेका खन्द्र राई दास्रो स्थानमा रहेको छ । राईले ४ हजार ८ सय १२ मत ल्याउन सफल भएका छन् । गठबन्धनबाट नरेन्द्रकुमार राउत २ हजार ८ सय १५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
एमालेका उपमेयर पदकी उम्मेदवार मणिकादेवी दुलाल ५ हजार ९ सय ९३ मतका साथ अग्र स्थानमा छिन् । काँग्रेसबाट रिताकुमारी चौधरीको ४ हजार ५ सय ७९ मत आएको छ भने गठबन्धको हिरा थापाले २ हजार ७ सय १६ मत ल्याउन सफल भएकी छिन् ।

चौदण्डीका ५ वटा वडाको मदमरिणम आईसकेको छ । वडा नं. १ मा एमालेका सिताराम राई, वडा नं. २ मा पनि एमालेबाटै हरिबहादुर खड्का, वडा नं. ३ मा काँग्रेसबाट पर्शराम राई, वडा नं. ४ मा एमालेकै लुङ्घाराज राई र वडा नं. ६ बाट काँग्रेसका अम्बरबहादुर खड्का वडाअध्यक्ष पदमा विजयी भएका छन् ।