
पूर्णपुष्टि, जेष्ठ २३ । काठमाण्डौँ महानगरपालिकाले छात्रावृत्ती विवरण पेश नगरेका संस्थागत विद्यालयलाई विवरण पेश गर्न आग्रह गरेको छ । महानगरले बैशाख १० गते पहिलो सुचना जारी गर्दा विवरण पेश नगरेको विद्यालयलाई दोस्रो पटक सुचना जारी गर्दै विवरण पेश गर्न भनिएको हो ।
यदी तोकेको मिति भित्र विवरण पेश नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति रद्द वा प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने चेतावनी दिईएको छ ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ‘महानगरका प्रमुख बालेन शाहाले भने’ हामी काठमाडौं महानगरपालिकामा भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर छौ । फेसबुकमा मेयर बालेनले सबै बिबरण प्राप्त भएपछि मात्र छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्ने बताएका छन् ।

