Sunday, May 3News That Matters

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ युवक पक्राउ

पूर्णपुष्टि, बैशाख ४ । खोटाङमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए ।

छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलास सुरु गरेको थियो । खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।