
पूणपुष्टि, फागुन ७ । कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–१ र झापाको काँकरभिट्टाबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले मिति २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ बर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेका थिए । हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरेको प्रहरीको भनाई छ । उक्त घटनामा पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भई फरार रहेका थिए । पक्राउ परेका उनिहरुलाई फैसलका कार्यान्वयनको लागी जिल्ला अदालत मोरङ उपस्थित गराईएको छ ।
