
पूर्णपुष्टि, भाद्र ३१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका स्थित ढिम्कीमा जितिया पर्वको अवसर पारि नाचगानका साथ महिला दिदि–बहिनी बिच शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश अध्यक्ष बलदेव चौधरी तथा सभापति पशुपति चौधरीको आतित्यथामा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको हो ।
विशेष महिला दिदि–बहिनीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा साँस्कृतिक सुधारका साथै सँधै राजनीतिमा महिलाको पहँुच वृद्धि हुनुपर्नेमा जोड गरिएको छ । साँस्कृतिक विकृतिको विरुद्द सबै महिला एकजुट हुनु पर्ने भन्दै महिलाहरुले एक आपसमा जितियाको शुभकामना आदान प्रदान गरेको हुन् ।
