Wednesday, April 29News That Matters

जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण

पूर्णपुष्टि, ६ असार ।
जिल्ला अस्पताल उदयपुरमा सेवाग्राहीहरुको असन्तुष्टीलाई मध्यनजर गर्दै सचेत नागरिकले ध्यानाकर्षण गराएको छ । बिहिबार जिल्ला अस्पताल व्यवस्थापन समितिलाई २३ बुद्धे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गौर बहादुर बिश्वकर्मालाई ध्यानाकर्षण बुभाएको हो ।

अस्पतालले सेवामा लापर्वाही गरेको भन्दै यसलाई तत्काल सुधार गर्नु पर्ने मुख्य माग राखेको छ । केहि दिन अघि मात्रै दुर्घटनाको मृतकलाई हस्पिटलमा पोष्टमार्टमका लागि लाने क्रममा डाक्टर अभाव भएको र त्यसै सम्बन्धि कुराकानी गर्ने क्रममा सेवाग्राहीहरुले हस्पिटलको ब्यवहार प्रति आक्रोस पोखेका थिए । उनिहरुले हस्पिटलमा राजनितिक चलखेल हुने गरेको समेत आरोप लगाएको छ । राम्रो डाक्टरहरुको सरुवा र राजीनामा गर्ने हस्पिटलको प्रवित्ति रहेको उनिहरुको गुणासो छ । डाक्टर निरज चौधरीको डिउटी रहेको अवस्थामा उनि घरमा बस्ने गरेको भन्दै सेवाग्राहीहरु रुष्ट भए । यस्ता अनेकौ समस्या जिल्ला अस्पताल उदयपुरमा रहेको भन्दै यसलाई समधान गर्नु पर्ने र डाक्टर निरज चौधरीलाई कार्वाही गर्नु पर्ने उनिहरुको माग छ । सेवाग्राहीहरु सँग दुव्र्यवहार र सेवामा लापर्वाही तरिकाले काम गर्ने साथै सुशासन बिहिन ब्यवहारका कारण उनलाई कार्वाही गर्नु पर्ने माग छ ।