Tuesday, June 9News That Matters

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको नयाँ क्यालेण्डर विमोचन

पूर्णपुष्टि,वैशाख १९ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले २०८० सालको नयाँ नेपाली क्यालेण्डर पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा पुगि विमोचन गरेको छ । सूचना संचार तथा प्रचार प्रसार उपसमितिले मंगलबार गाउँपालिकामा आयोजित कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संञ्चालन तथा व्यवस्थाप सम्वन्धि अन्तक्रिया कार्यक्रम मार्फत नयाँ क्यालेण्डर विमोचन गरिएको हो ।

क्यालेण्डर विमोचनमा गाउँपालिकाका प्रमुख मेजर कुमार राईको प्रमुख अतिथ्यतामा विमोचन गरिएको हो । गाउँपालिका प्रमुख राईले एभरेष्ट भ्यू टपमा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको कार्यसमिति बैठक पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिका बसाएर ऐतिहासिक कायम गरेको संघलाई धन्यवाद व्याक्त गरे । उनले व्यवसायिक क्षेत्र सुधार गर्नको लागि पर्यटक अति आवश्यक भएकोले पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायी आग्रह गरेका थिए ।

लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपबाट सर्वोच्च शिखर हिमाल सगरमाथा सहित संसारका ६ ठूला अग्लो हिमालहरु यसै ठाउँबाट हेर्न सकिने बताए । हिमालको हिउ पग्लेर गएपनि हिमालको कालो धब्बाले पनि संसारको मान्छेले एभरेष्ट भ्यू टपले तान्ने बताए । उनले भने, यहि एभरेष्ट भ्यू टपबाट सूर्योदयको साथै सूर्यास्तको राम्रो भ्यू हेर्न सकिने समेत बताए ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल साह नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघको केन्द्रीय उपमहासचिव र जिल्ला कार्यसमितिको सदस्य किरण देउजा, नेपाल मदिरा व्यवसायी महासंघको केन्द्रिय सदस्य र संस्थाका सल्लाहकार नविन राई ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपालका महा–सचिवमा निर्वाचित भएकोमा जिल्ला उद्योग वाणिज्य संघले सम्मान गरेको थियो ।