
पूर्णपुष्टि, भदौ ३ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला न्यायाधीश हरिस चन्द्र इङ्नाम र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीलाई बिदाई गरेको छ ।
मंगलबार जिल्ला ब्याटमिन्टन संघको कबर्डहलमा एक कार्यक्रमको आयोजना गरी न्यायाधीश इङ्नाम र प्रहरी प्रमुख योगीलाई बिदाई गरिएको संघका अध्यक्ष कालिदास राई (किसन) ले बताउनुभयो । जिल्लाबाट काजसरुवा भएका उहाँहरुलाई अगामी कार्यकाल सफलताको सुभकामना ब्यक्त गर्दै अध्यक्ष राईले मायाको चिनो स्वरुप जिल्ला ब्याटमिन्टन संघको टिसर्ट हस्ताण्तरण गर्नुभएको छ ।
न्यायाधीश इङ्नाम उदयपुर जिल्ला अदालतबाट धनकुटा जिल्ला अदालत सरुवा हुनु भएको छ भने प्रहरी उपरिक्षक योगी नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा नक्साल, काठमाण्डौँ सरुवा हुनुभएको छ । साथै, जिल्ला प्रहरी अनुसन्धान बिभागका प्रमुख प्रहरी उपरीक्षक तुलसी कटेल र जिल्ला शस्त्र प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक गोबिन्द पोखरेललाई जिल्लामा स्वागत गरिएको अध्यक्ष राईले बताउनुभयो ।
