
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको सदरमुकाम गाईघाटमा भैरहेको जेन्जीको आन्दोलनलाई त्रियुगा उद्योग वाणिज्य संघले साथ दिएको छ । संघले आन्दोलनलाई मध्यनजर गर्दै गाईघाट बजारको व्यापारी र व्यवसायीहरुलाई पसल बन्द गर्न निर्देशन दिएको हो ।
संघको निर्देशन अनुसार गाईघाट बजारका व्यापारी र व्यवसायीहरुले आ–आफ्नो पसल बन्द गरेका छन् भने हाल सम्म उदयपुरमा शान्तिपूर्ण आन्दोलन भईरहेको छ । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरिरहेको छ । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ ।
