Wednesday, June 17News That Matters

झापामा ब्राउन सुगर सहित ५ जना पक्राउ

पूर्णपुष्टि, माघ २२ गते । झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाऊपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थित सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई, २० बर्षीय संदेश बास्तोला, शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठ रहेका छन् ।

हिजो दिउसो खटिएको प्रहरी टोलीले लावतीलाई घरैबाट ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले दिपक राई र संदेश बास्तोलालाई गौरीशंकर टोल स्थितबाट १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट सन्तोष ताजपुरिया र बिकाश श्रेष्ठलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको छ ।