
पूर्णपुष्टि, भदौ २४
सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा उदयपुर घर भएका चालकको ज्यान गएको छ, भने सहचालक घाईते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका घर भएको ट्याक्टर चालक २६ वर्षीय रमेश राउतको ज्यान गएको हो । त्यस्तै, सहचालक खोटाङ ऐसेलुखर्क–३ का १८ वर्षीय प्रदिप दाहाल भने घाईते भएका छन् ।
सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाट स्थितमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमानै ज्यान गएको प्रहरीले जनएको छ । सो दुर्घटनामा घाईते भएको दाहालको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ ।
हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको प्रहरीले जनाएको छ ।
