Friday, April 17News That Matters

ट्राफिकहरुलाई चस्मा

पूर्णपुष्टि/उदयपुर, असोज ३ ।
संविधान दिवसमा उदयपुरका ट्राफिकहरुले आज चस्मा पाएका छन् । धेरैजसो जिम्मेवारी सडकमा हुने भएकाले धुलोमैलोबाट आँखा जोगाउन भन्दै चस्मा पाएका हुन् । उनीहरुले आँखा जोगाउन सकेमात्र सडक सुरक्षा, यात्रु सुरक्षा तथा ट्राफिक नियम पूर्ण पालना गराउन सक्ने भन्दै चस्मा वितरण गरिएको हो । नेपाल नेत्र ज्योती संघ, उदयपुरले दिवसको अवसरमा चस्मा वितरण गरेको हो । गाईघाट पूर्वपश्चिम बरुवाबसपार्कस्थित जिल्ला ट्राफिक कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा संघका अध्यक्ष तथा नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले चस्मा वितरण गरेका हुन् ।
अध्यक्ष राउतले अवको पालोमा फिल्डमा खटिने सक्रिय पत्रकारहरुसमेतलाई चस्मा वितरण गर्ने बताउनुभयो । चस्मा वितरण गरेकोमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले संघलाई धन्यावाद दिनुभयो । संघले आँखा शिविरसमेत गरेर विद्यार्थी, बालबालिका र बृद्धबृद्धाहरुलाई आँखा परिक्षण शिविर गरी परिक्षण, उपचार र सल्याक्रियासमेतको सेवा दिदै आएको छ । साथै औषधि र चस्मासमेत वितरण गर्दै आएको छ ।
फाेटाे फिचर : पूर्णपुष्टि