
पूर्णपुष्टि, बैशाख ११
नेकपा ऐमाले उदयपुरले ताप्ली गाउँपालिका अध्यक्षका लागि बाबुराम राई र उपाध्यक्षका लागि मान कुमारी थापालाई उम्मेदावारी बनाएका छन् । एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेका अनुसार ताप्लीमा राई र थापालाई स्थानीय चुनावको उम्मेदवारी बनाएको जनाए ।

राई र थापा एमाले बाट नयाँ अनुहारको रुपमा चुनावी मैदान प्रवेश गर्दैछन् । यो पटक एमालेबाट करिब ६ पालिकामा नयाँ अनुहारले चुनाव प्रतिस्पर्धा गर्दैछन् । ताप्ली, त्रियुगा, चौदण्डी, लिम्बचुङबुङ, रौतामाई र उदयपुरगढीमा एमाले बाट स्थानीय चुनावमा नयाँ अनुहार प्रवेश गरेको छ । ताप्लीमा अध्यक्षका उम्मेदवार राई पार्टीका जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज समेत हुन् भने उपाध्यक्ष पदका उम्मेदवार थापा तत्कालनि पालिका अध्यक्षका उद्धव सिंह थापाकी श्रीमती हुन् ।
