
पूर्णपुष्टि, ३२ जेष्ठ ।
ताप्ली गाउँपालिकामा भएको अध्यक्ष कप पुरुष भलिवल प्रतियोगितामा झापा दमक बिजयी बनेको छ । ताप्ली गाउँपालिका ए लाई ३–१ को सेटमा पाराजित गर्दै दमक बजयी बनेको हो । आयोजक ताप्ली प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यता हलेसी तुवाचुङ नगरपालिका तेस्रो बनेको छ । यस नगरपालिकाले त्रियुगा नगरपालिकालाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगिताको बिजयी टिम दमक नरपालिकाले नगद १ लाख ५१ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम ताप्लीले नगद १ लाख ११ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे यता तेस्रो हलेसी तुवाचुङ नगरपालिकाले ५१ हजार १५१ रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको हो ।
ताप्ली युवा तथा खेलकुद बिकास समितीको आयोजना र ताप्ली गाउँपालिकाको सहयोगमा संचालन खेल सोमवार बाट सुरु भएका थिए । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रोलाई पालिका अध्यक्ष ढँुगराज बिक, उपाध्यक्ष धना मगर र प्रशासकीय अधिकृत भक्त राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।





