Thursday, April 30News That Matters

तीन दिनको भारी वर्षा अन्त्यतिर, मौसम सुधारको संकेत

पूर्णपुष्टि, असोज १२ । तीन दिनदेखि जारी अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज बेलुकादेखि वर्षाको स्तर विस्तारै कम हुन थाल्नेछ ।

“वर्षा पूर्ण रूपमा रोकिने होइन, भोलिसम्म केही मात्रामा जारी रहन सक्छ,” पराजुलीले भने । उनका अनुसार, भोलिदेखि हालको मौसमी प्रणाली कमजोर हुँदै जानेछ र केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्नेछ । पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएको छ । समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । १०७ वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ ।

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै यस पटकको भारी वर्षाको मुख्य कारण भएको शाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने खासै वर्षा भएको छैन । यस पटक ७७ वटै जिल्लामा केही न केही मात्रामा वर्षा भएको छ ।