Wednesday, June 10News That Matters

तेश्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता भोलि देखि

पूर्णपुष्टि,चैत्र १ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, देउरीमा अवस्थित बालुवाटार खेल मैदानमा भोली (बिहिवार) देखि तेश्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगित हुने भएको छ । श्रीपुर फुटबल क्लवको आयोजनामा हुने लागेको प्रतियोगिता लगातार ९ गते सम्म संञ्चल हुने भएको छ ।

त्रियुगा नगरपालिका वडा नं. ५को संयोजनमा साथै त्रियुगा नगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता संञ्चालन हुने भएको हो । प्रतियोगितालाई सरस्वती सामुदायिक बन र बिज बजारले सह प्रायोजन गरेका छन । सहयोगी संस्थामा स्वर्णिम युवा क्लब र अन्नपूर्ण सेकेन्डरी स्कुल रहेका छन । फुटबल प्रतियोगितामा जम्मा ८ टिमले सहभागिता जनाएको छ ।

उद्घाटन खेल श्रीपुर फुटबल क्लब श्रीपुर र मोति राजा युवा क्लब मोतिगडा बिच दिनको ३ः०० बजे देखि सुरुहुने भएको छ । नकआउट फुटबल प्रतियोगिता चैत्र २ गते देखि ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।