Wednesday, April 22News That Matters

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : दमौटीमाथि नेपालटार विजयी

सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २६ ।

त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको दोस्रो खेलमा आदर्श युवा क्लब नेपालटार विजयी भएको छ ।

आइतबार बगाहाको खेलमैदानमा भएको खेलमा दमौटी फुटबल क्लबलाई ०-१ गोलले हराउँदै आदर्श युवा क्लब नेपालटारले जित हासिल गरेको हो ।

आदर्श फुटबल क्लब नेपालटारका लागि आशिष राईले दोस्रो हाफको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

यस खेलको म्यान अफ द म्याच आदर्श युवा क्लबका आशिष राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।

भोलि हुने तेस्रो खेल आयोजक बगाहा युवा समूह र स्टार फुटबल समूह जोगीदह बीच हुनेछ ।

बगाहा युवा समूहद्वारा आयोजित यस फुटबल प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।