Thursday, June 4News That Matters

त्रिनपा ११ मा गठबन्धनको भव्य चुनाव प्रचार प्रसार

पूर्णपुष्टि, बैशाख २०
त्रियुगा नगरपालिका ११ नं वडामा गठबन्धनले मंगलबार व्यापक चुनाव प्रचार प्रसार गरेको छ । १३ नं वडा हुँदै ११ न प्रवेश गरेको गठबन्धने पिपलचोकमा कोण सभा गरेका थिए । गठबन्धनका त्रियुगा नगरपालिका प्रमुख पदका उम्मेदवार बलदेव चौधरी, उपमेयर गिता कुमारी खड्का र वडाअध्यक्ष उम्मेदवार कालिदास (राई) किसन लगायन वडासदस्यहरु र कार्यकर्ताको ठुलो सहभागीमा चुनावी प्रचार प्रसार भएको हो ।

प्रचारको क्रममा गाईघाट बजार परिक्रमा गरी जनताहरुलाई अमुल्य भोट समेत मागेका छन् । प्रमुख पदका उम्मेदवार चौधरीले गठबन्धन राष्ट्रिय राजनितिको प्रमुख आवश्यक रहेको जनाए । आज गठबन्धने संविद्यान र संसद बचाउँदै जनताहरुको विपरित काम गर्ने पार्टीलाई खबरदारी गरेको जनाए । एमालेको काम र व्यवहार सहन नसकेर जनताको लागि स्वस्थ राजनितिक गर्न निर्माण गरिएको एकीकृत समाजवादीले अब एमाले जस्तो खराब पार्टीको संगत नगर्ने जनाए ।

चौधरीले बरु आफ्नो पार्टीमा स्वस्थ राजनितिक गर्ने आए आफुहरुले सम्मान गर्ने समेत जनाए । उनले भनेका छन्” “बलदेव चौधरीले सुर्य चिन्ह परित्याग गर्दै कलम चिन्हमा लागेको थाहाँ हुँदा हुँदै पनि एमालेका केहि फटाहा व्यक्तिहरुले आफुलाई सड्यन्त्र गरी जनताहरुलाई सुर्यमा भोट हाल्न भनी भ्रम छर्नु यो आफैमा लाजस्पतको ख्याल नगर्नु हो । इमान्दारीको राजनितिको अस्थित्व सकिएको एमालेकै कारण आफुहरुले नयाँ पार्टी निर्माण गर्नु परेको समेत चौधरीले जनाए । उनले त्रियुगामा गठबन्धन नहुँदा आफुमा कुनै समस्या नरहेको जनाए कांग्रेसले भनेबमोजिमको निर्णयमा हामिले स्वीकार गरेका छौँ । यहाँ कोईराला पक्षका व्यक्तिहरुले गर्दा गठबन्धन नभएको र अन्य हिसावले सबै ठिकै रहेको उनले जनाए ।

यस्तै उप्रमुख पदकी उम्मेदवार खड्काले गठबन्धन जनताको महत्वपूर्ण राजनितिक पार्टी रहेको सुझाएकी छिन् । उनले त्रियुगा नगरको समग्र विकासका लागि गठबन्धन बाहेक अरु कुनै विकल्प नरहेको जनाईन् । त्रियुगाको सन्दर्भमा गठबन्धनमा केन्द्रको निर्णय अनुसार सबै पार्टीहरु एक मत नभएपनि माओवादी र एकीकृत समाजवादीले कांग्रस एमालेलाई पाखा लगाउने जनाईन् ।
त्यस्तै ११ नं वडाका अध्यक्ष उम्मेदवार कालिदास राई (किसन) ले ११ नं वडा गाईघाट बजारको मुटु रहेका कारण यसलाई थप विकास गरी व्यवस्थीत बनाउने हो भने गठबन्धनको उम्मेदवारलाई भोट हाल्ने पक्का रहेको जनाए । उनले आफु बोल्ने कुरालाइ कम गर्ने गरेको र काममा प्राथामिकता राख्ने व्यक्ति रहेको कारण गाईघाट बजार विकास गर्न आफुलाई कुनै सकस नपर्ने जनाए । उनले अन्य दलको उम्मेदवारहरु भन्दा आफ्नो जनतामुखी र साना एजेन्डा भएकाले जनताको माग अनुसार काम पुरा हुने प्रतिबद्धता जनाए ।