Friday, June 12News That Matters

त्रिनपा -१२ काे पुन:मतदान, झनै अन्याैल र आशंकामा

पूर्णपुष्टि, जेठ ४ । उदयपुरकाे त्रियुगा नगरपालिका १२ काे पुन:मतदानकाे कुरा झनै अन्याैल र आशङ्कामा डुबेकाे छ । मतदान राकिएकाे छ दिन वितिसकेकाे छ । एक मुख्य निर्वाचन अधिकृतकाे राजिनामा पश्चात अर्काे नियुक्ति भईसक्दा पनि त्रिनपा -१२ काे विषय अन्याैलताकाे गर्भमै सिमित पारिए पछि झनझन अन्याैलता र आशंकामा डुब्दै गएकाे मतदाताहरु बताउछन् । हिजाे नियुक्त नयाँ मुख्य निर्वाचन अधिकृतमार्फत आज केही निर्णय आउला भन्ने मतदाताहरु र उम्मेदवारहरुमा तिब्र आशा रहेकाे थियाे । तर, अहिलेसम्म कुनै निर्णय नआउदा निर्वाचन आयाेगकाे नियतप्रती नै सर्वसाधारणमा आशंका बढ्न थालेकाे एक मतदाताले बताए । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले त्रिनपा -१२ संग सम्बन्धित सम्पूर्ण कागजात आयाेगका पठाईएकाे र केन्द्रकै स्पष्ट निर्देशनकाे प्रतीक्षा  भईरहेकाे कार्यालय स्राेतबाट बुझिएकाे छ ।