Thursday, June 11News That Matters

त्रिनपा १२ को मतदानमा लफडा पून : मतदान गर्न माग

पूर्णपुष्टि, बैशाख ३०
त्रियुगा नगरपालिकाको मतदानमा लफडा सिर्जना भएको छ । मतदान बद्धरको अवस्था रहेको भन्दै मतदाताहरुले फेरी मतदान गर्नु पर्ने माग राख्दै आन्दोलन गरेको छ । मतदानको क्रममा त्यहाँ खटिएका निर्वाचन अधिकृत तथा कर्मचारीहरुले बिभिन्न अवरोध देखाउँदै मतदान गर्न नदिएको भन्दै लफडा सिर्जना भएको जनाइएको छ । आफुहरुले मत हाल्न नपाएको भन्दै मतदाताहरुले होलदंगा नै मच्याएको छ । उनिहरुले पून ः रुपमा मतदान गर्नु पर्ने माग राखेको छ भने मत पत्र नेपाली सेना र प्रहरीको कब्जामा रहेको छ ।