Tuesday, May 5News That Matters

त्रिनपा १५ मा ट्याक्टर दुर्घटना, एकजना गम्भीर

पूर्णपुष्टि, २६ असार । त्रियुगा नगरपालिका १५ रानीवाँसमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएको छ । मंगलबार रानीवास नजिक घुम्तीमा भएको दुर्घटनामा परी ४ जना घाईते भएकोमा एक गम्भीर घाईते भएको स्थानीयले जनाएको छ । घाईतेहरुको पहिचान भने भएको छैन् ।

अन्दाजी ४० बर्षिया एक महिला सिकिस्त घाईते भएको वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । अध्यक्ष तिमिल्सीनाका अनुसार ती महिलालाई भने बसमा चढाएर तत्काल हस्पिटल पठाईएको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार घाईतेहरुलाई हस्पिटल लैजाने क्रम रहेको जनाए । उनिहरुको पहिचान र ठेगानाका लागि प्रहरी लागि परिरहेको जनाएको छ ।