Wednesday, June 10News That Matters

त्रिनपा १६ मा वडावासीको माग अनुसार खानेपानीको पाईप वितरण, १२५ घर परिवार लाभान्वित

पूर्णपुष्टि, बैशाख ३
त्रियुगा नगरपालिका १६ ले वडावासीहरुलाई खानेपानीको पाईप वितरण गरेको छ । वडामा रहेको बिभिन्न खानेपानी योजना तथा बिकट भुगोलका घर परिवारहरुलाई समेट्दै आर्थिक बर्ष २०७९/०८० को स्वीकृत वडागत बजेटबाट पाईप वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिए । राईका अनुसार पाईप वडावासीहरुकै मागमा आधारीत कार्यक्रम तयार गरी वितरण गरिएको जनाए । राईले खानेपानीको अति समस्या भोग्दै आएको घर परिवार र बिकट भुगोलका परिवारहरुलाई पाईप वितरण गरेको बताए । पाईप बिभिन्न मापदण्डको आधारमा छनौट गरी त्यस्ता योजना र घर परिवारलाई वितरण गरिएको हो । कार्यक्रमले ८ ओटा खानेपानी योजना र लक्षीत ७ घर परिवारलाई पाईप वितरण गरेको हो । वडाले सार्वजानिक सूचनै प्रकाशन गरी मापदण्डको आधारमा वडावासीहरुलाई पाईप वितरण गरेका हो ।

जस अन्र्तरगत जाँते खानेपानी मर्मत, छतिवने खानेपानी योजना, चप्लेटी खानेपानी योजना, नेवारे सिरुवानी खानेपानी योजना, आहाले मश्राङुगी टोल खानेपानी योजना, सिम्ले तल्लोटोल खानेपानी योजना, बेङ्री गोपाल डाँडाँ खानेपानी मर्मतलाई पाईप वितरण गरेका थिए । त्यस्तै बीर बहादुर बि।क, पुष्पराज कार्की, मणिराज राई, चन्द्र वहादुर श्रेष्ठ, दिल वहादुर मश्राङ्गी, खड्ग बहादुर राई, तारा कुमारी राई र गणेश मगरको परिवारलाई पाईप प्रदान गरेको हो । यो सहयोगबाट वडामा १२५ परिवारलाई खानेपानीमा प्रत्यक्ष फाईदा पुग्ने अध्यक्ष राईले जनाए ।

पाईप ४० एमएमको ४५० मिटर, २५ एमएमको ७ सय मिटर र २० एमएमको ४४५० गरी जम्मा ५ हजार ६ सय मिटरको हाराहारीमा वितरण गरिएको वडाले जनाए । यस्तैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट प्राप्त भएको ३२ एमएमको ४ सय मिटर र २० एमएको ६ सय मिटर पाईप पनि वडाले वितरण गरेको छ । उक्त पाईपबाट आधारभूत विद्यालय जाँते सिद्रेलाई ३२ एमएमको २ सय मिटर, २५ एमएमको २ सय मिटर, सिम्ले पाखाटोल खानेपानी योजनालाई २५ एमएमको २ सय मिटर र २० एमएमको ६ सय मिटर प्रदान गरिएको छ भने साहिखोला सिरान तामाङ् टोल खानेपानी योजनालाई ३२ एमएमको २ सय मिटर पाईप वितरण गरिएको हो ।

वडा सदस्य तथा वडाको पूर्वधार विकास संयोजक समेत रहेका घमान सिंह राईले वडावासीहरुको मागलाई सम्बोधन गर्दै पाईप वितरण गरिएको जनाए । राईले वडाको योजना तर्जुमा हुँदे गर्दा समुदाय स्तरले माग गरेको आधारमा उक्त कार्यक्रलाई वडाले स्वीकृत गरेको जनाए । जस अनुसार वडामा बिकट ठाउँ र असुविधा वस्तीहरुमा भएको पानीको अभावलाई समधान गर्न वडाले ध्यान पुराएको समेत जनाए ।

यता वडा सचिव महेश खनालले पाईप वितरण कार्यक्रम वडावासीको निकै समस्याको रुपमा रहेको जनाए । यस समस्यालाई वडाले बिगत देखीनै समाधान गर्दै आएको जनाए । खनालले यो कार्यक्रम वडामा निकै प्रभावकारी रहँदै आएको समेत जनाए । वडावासीहरुलाई स्वच्छ पिउने पानी वितरण गर्ने उदेश्यले पहिल्यैबाट खानेपानी योजनाको कामहरु वडाले प्रसस्त रुपमा गर्दै आएका थिए ।

वडालाई पूर्ण पानी वितरण र पूर्ण सरसफाई युक्त बनाउन “एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा” भन्ने मुल नारानै तयार गरेर यस अभियानलाई अगाडी बढाईएको थियो । वडा भित्र जम्मा ८०४ घरधुरी संख्या रहेको यस वडामा ३५० घरधुरीलाई पानी उपलब्ध गराईसकेको अवस्था छ । साथै संघिय खानेपानी कार्यालयबाट ५ ओटा खानेपानी तथा सरसफाई आयोजनाको डिपिआर नै तयार भैसकेको वडाले जनाएको छ । जस अन्र्तरगत बरुवा बृहत खानेपानी सरसफाई आयोजनाको कार्यक्रम गत आ।बबाट भैसकेको वडाले जनाए । यो बृहत खानेपानी योजनाले वडाभित्रका करिब ३२० घर परिवारलाई खानेपानी उपलब्ध हुर्ने वडाअध्यक्ष राईले जनाए ।