Saturday, April 18News That Matters

त्रिनपा ९ मा एमाले र कांग्रेसका १५ कार्यकर्ता माओवादीमा प्रवेश

पूर्णपुष्टि, १० असोज ।
त्रियुगा नगरपालिका वडा नं ९ मा १५ जनाले माओवादी पार्टी रोजेको छ । त्रियुगा नगर कमिटीका पाटी अध्यक्ष मान वहादुर राईका अनुसार एमाले र कांग्रेस पाटी परित्याग गरी माओवादीमा प्रवेश गरेको हो । जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा उनिहरु पार्टी प्रवेश गरेको अध्यक्ष राईले जनाए । पार्टी प्रवेश गर्नेहरुमा देवकन सदा, अजय सदा, राज कुमार सदा, तिलक मगर, डोमी सदा, डोमी सदा, लेरन सदा, प्रवेश सदा, किशन सदा, राज कुमार सदा, सुजी सदा, राजदेव सदा, दिनेश सदा, पवित्रा बस्नेत, बिचरण सदा र सोमवहादुर सदा रहेका छन् । उनिहरु सवैलाई पार्टीका केन्द्रीय सदस्य तथा अनुसासन आयोकका अध्यक्ष टंक राईले पार्टीमा स्वागत गरेको छ ।