Saturday, June 6News That Matters

त्रियुगाका शिक्षकहरुलाई तिन दिने क्षमता अभिवृद्धि तालिम

पूर्णपुष्टि, जेठ २८ । उदयपुरको त्रियुगा नगरपालिकामा शिक्षकहरुलाई STEAM Educaion मा आधारित तिन दिने क्षमता अभिवृद्धि तालिम दिईएको छ । त्रिनपा शिक्षा शाखा र काठमाण्डौँ विश्वबिद्यालय स्कुल अफ एजुकेशनको सहकार्यमा वडा नं १ र २ का सामुदायिक तथा संस्थागत विद्यालयका २५ जना शिक्षकलाई तालिम दिईएको हो ।

प्रशिक्षक तुलाराज अधिकारीले शिक्षा नवप्रबर्तक धारणालाई जोड दिने, खोज मुलक शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने 5e lesson plan , desingn thinking lesson plan project based learning, शिक्षमा आई siti लगाएतका बिषय वस्तुहरु समावेश गर्ने उदेश्य सहित तालिम संचालन गरिएको बताएका छन् ।

काठमाण्डौँ युनिभर्सिटी स्कुल अफ एकजुकेसन steam department कि प्रोफेसर रोशनी राजवंशीले तालिमले शिक्षकहरुको शिक्षण शैलिमा थप सुधान ल्याउनले बताएकी छन् । त्यस्तै तालिमको उदेश्य माथी प्रकाश पार्दै काठमाडौं बिश्वबिद्धालयका assistent प्रोफेसर इन्द्रमनी श्रेष्ठले पौरानिक शिक्षालाई कसरी आधुनिकतामा लाने भन्ने कुरामा जोड दिए । ।

बजेट अभावमा यस तालिमलाई त्रिनपा–१ निवासी हाल कोरियामा रहेका युवराज थापा, त्रिनापा–१ का वडा अध्यक्ष मनोज कुमार चौधरी,  जनता आधारभुत विद्यायल मोतियाही र प्रशिक्षकहरु कृष्ण महर्जन, तुलाराज अधिकारी र रन्जना पोखरेलले अन्य व्यवस्थापन गरेको तालिम प्रशिक्षक  अधिकारीले बताए ।  जेठ २५ देखि २७ गतेसम्म दिईएको क्षमता अभिबृद्धि तालिममा आफूले सिकेको ज्ञानलाई आफ्नो गाउँका शिक्षकहरुमा बाँड्ने र शिक्षण विधि एबम शैक्षिक क्रियाकलापमा सुधार ल्याउने कार्यक्रमको उदेश्य रहेको पनि अधिकारीले जनाए । त्रियुगा नगरपालिका १ जोगिदहमा भएको उक्त तालिमलाई तालिमलाई कोर्ष फ्यासिलेटर इन्द्र मनी श्रेष्ठ, स्टिम टे«नर रन्जना पोखरेल, तुलाराज अधिकारी र कृष्ण महर्जनले सहजीकरण गरेका थिए ।