Friday, June 19News That Matters

त्रिभुवन अन्तराट्रिय विमान स्थलबाट चरेस सहित जर्मन नागरिक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक चरेस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बिमानस्थलमा प्रहरीले जाँच गर्दा उनको सुटकेसमा कार्बन पेपरले बेरेर लुकाएको ६ किलो भन्दा बढी चरेस बरामद गरेको हो । चरेस बरामद गरेपछि प्रहरीले ति व्यक्तिलाई लागुऔषध नियन्त्रण व्युरोमा जिम्मा लागएको प्रहरी उपरीक्षक जोशीले बताए । राहदानी नम्बर c9wl4kwol रहेको जर्मन नागरिकको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।