
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसमा बुधवार एक र्यक्रमको आयोजना गर्दै सभापतिमा निर्वाचित सरोज कार्की सहितका पदाधिकारीले सपथत लिएका हुन् ।
निर्वाचित पदाधिकारीलाई क्याम्पु प्रमुख डा।कैलाशकुमार राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा माओबादीको विद्यार्थी संगठन सरोज कार्की १ मत बढीले सभापति चुनिएका थिए । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसं०का उम्मेदवार चेतन पोखरेललाई पराजित गरेका थिए । कार्यक्रममा उनीहरुलाई आ–आफ्नो ओहदाको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरोज कार्की, सचिव हेमकुमार रानामगर, कोषाध्यक्ष डोमा राईले सपथ लिए । त्यस्तै सदस्यहरु प्रकृति दनुवार, सुमित्रा श्रेष्ठ, सफलता विष्ट, अनिषा चौधरी, नवराज बुढाथोकी, शौरब मगर, श्रद्धा भट्टराई, शलिना कार्की, युद्धराज बराईली र वीरेन्द्र बुढाथोकी सहभागी थिए ।
