Sunday, May 3News That Matters

त्रियुगा नगरपालिका वडा नं १६ को यी हुन ८ महिनाको प्रगति, के छ आगमी भावी योजना ?

पूर्णपुष्टि, २५ चैत्र ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको दोस्रो चौमासिक समिक्षा भव्य रुपमा सम्पन्न गरेको छ । समिक्षा सँगै आगामी योजनाका लागि सुझाव संकलन समेत गरिएको छ । आईतबार वडा कार्यालय जाल्पा चिलाउनेमा वडाका जनप्रतिनिधि, वडा कर्मचारी, टोल विकास संस्था, बुद्धिजिवी, शिक्षक लगायत आम वडावासीको उपस्थितिमा समिक्षा तथा सुझाव संकलन गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । समिक्षामा वडाले गरेको चौमासिक प्रगति विवरण पनि सार्वजानिक गरिएको अध्यक्ष राईका अनुसार वडाको बिकास र गतिविधि सँगै भावि दिनको लागि योजनाहरु निर्माण गरिने गरी समिक्षामा छलफल गरिएको छ । वडाले ६० भन्दा बढी बुद्धामा प्रगति विवरण सार्वजानिक गरेको छ । वडाले भौतिक पूर्वधार तर्फ ३०, सामाजिक तर्फ १६, आर्थिक ३, बातावरण तथा विपद तर्प २ र सुशासन तथा सेवा प्रभावह तर्फ ८ गरी ५९ वडा भन्दा बढी काम गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तो छ वडाको चौमाषिक प्रगति विवरण

आ.व.२०७९÷०८० को बार्षिक समिक्षा तथा आ.व.२०८०/०८१ को बजेट तथा योजना सार्वजनिक कार्यक्रम सम्पन्न भएको । बैकल्पिक उर्जा प्रबद्र्धन सहयोग कार्यक्रम सम्बन्धी वडास्तरमा २७ जना सरोकारवालाहरुको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भएको । वडाको उज्यालो कार्यक्रम अन्तर्गत वडाको विकट टोलहरु तामेडाडा मन्धने र सिम्लेमा २५ पोल विद्युत सुविधा विस्तार गरिएको ।
पूर्ण विद्युतिकरण कार्यक्रम अन्तर्गत चिलाउने भन्ज्याङ––आहाले खण्ड ३० थान विद्युत पोलमा एसटि लाईन विस्तार भई ट्र«ान्सफर्मर राख्ने कार्य भएको । स्वास्थ्य चौकी चिलाउने मार्फत एम्बुलेन्स सेवा संचालन गरिएको सो सेवाबाट २०८० भाद्र–फाल्गुन महिनासम्ममा रु. १,५०,२०० आम्दानी भई माछापुच्छ्रे बैंंकमा रकम जम्मा भएको । वडाकेन्द्र जाने मूख्य सडकलाई नियमितरुपले सञ्चालन गर्न ४ जना स्थानिय सडक मर्मतकर्ताको व्यबस्था गरि ११७५ मी. सडक मर्मत सुधार गरिएको । आ.व.२०८०/०८१ को योजना कार्यान्वयन गर्न विभिन्न योजनाहरुको उपभोक्ता समितिहरु गठन गर्ने कार्य सम्पन्न गरिएको । राष्ट्रिय बालदिवसको अवसरमा वडास्तरमा अतिरिक्त क्रियाकलाप संचालन उत्कृष्ट विद्यालय, विद्यार्थि, शिक्षक तथा अभिभाबकलाई सम्मान तथा पुरस्कृत गरिएको । बाल अक्षय कोषको रकम रु. १ लाख ५ हजार व्याज रकमबाट ५७ जना विद्यार्थिलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरिएको । सुकौरा बजारमा वडा कार्यालय जाने मूख्य सडकको ४ मिटर नाला तथा स्ल्याप निर्माण कार्य सम्पन्न भएको । भोर्ले देविथान शाखा सडक निर्माण जसमा २५५ मि. नया“ ट्रयाक निर्माण भएको । वडाभित्रका स्थानिय सडकहरु मर्मत सुधार गरिएको जसमा माटो कटिङ तथा मर्मत ३४५ मिटर र १७५० मिटर सडक सरसफाइ भई सडक सहज संचालनमा आएको । यस चौमासिक अवधिमा वडागत स्वीकृत बजेटबाट १६ जना र विपद राहत कोषबाट २ जना गरि जम्मा १८ जना विरामी, दुर्घटना तथा विपदमा परेका स्थानीय व्यक्तिहरुलाई आर्थिक सहयोग गरिएको । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनौट गरि ३७ घर निर्माण गर्ने कार्य सम्पन्न भएको । वडा र सरस्वती सा.व.उ.स.को सहयोगमा बर्षाको समय विपद पहिरोमा परि क्षेतिग्रस्त भएको करीव २० मी. जाते सिचाई कुलो जाली लगाई सिमेन्टेड च्यानल निर्माण गरि मर्मत कार्य सम्पन्न भएको । वडाभित्र विपदमा रहेका विभिन्न क्षेत्रहरुमा सडक, सिचाई लगायत नागरिकका घर जग्गा संरक्षणका लागि ३६ थान तारजाली वितरण गरि कार्य सम्पन्न गरिएको । यस वडाका सा.सु.भत्ता लिने ३९२ जना लाभग्राहीहरुको कार्ड नविकरण कार्य सम्पन्न गरिएको जसमा अन्य जे.ना. २१३ , जे.ना. (दलित) १८ , जे.ना.(एकल महिला) २९ , विद्युवा ६१, अपाङ (क) १३, (ख) २३ , दलित बालबालिका ३५ जना ।
प्रथम चौमासिक अवधिमा वडाबाट ५ स्थानमा घुम्तिसेवा संचालन गरिएको जसबाट घटना दर्ता १४, नागरिकता सिफारिस ४, साधारण सिफारिस ९, सर्जमिन मुचुल्का २ र सम्पत्ती कर असुली १४५ रहेको । सिचाई डिभिजन कार्यालय उदयपुरको बजेट रकम रु. १० लाखबाट बेङरी र चुनिया खोलामा ३९ थान तारजालीबाट तटवाधको कार्य सम्पन्न भएको छ । सिचाई डिभिजन कार्यालय उदयपुरको बजेट रकम रु. ५ लाखबाट भालुखोलामा १९ थान तारजालीबाट तटवाध गरि स्ल्याप कल्भर्टको संरक्षण गर्ने कार्य सम्पन्न भएको छ । बेल्दोभान बजार क्षेत्रमा कृषि उपज संकलन तथा पशुपंक्षी खरीद विक्री भवन निर्माणका लागि वडा कार्यालय र सरस्वती सा.व.उ.स.को साझेदारीमा रु. ४ लाख बजेटबाट भवन निर्माण कार्यको सम्झौता भएको । यस अवधिको मंशिर महिनासम्ममा नागरिकता : ६८ प्रतिलिपि : ४८ सिफारिस र घटना दर्ता : ९५ जसमा जन्म : ४१ , मृत्य : ४, सम्बन्ध विच्छेद : ३ , विवाह : २७, बसाई सरी आउने : ५ (८ जना) र बसाई सराई जाने ः १५ (४२ जना) भएको । वडा जनप्रतिनिधि र कर्मचारीहरुबाट वडाभित्र संचालित हरेक योजनाहरुको अनिवार्यरुपले अनुगमन गर्ने कार्य नियमितरुपमा भएको । बृहत जलाधार व्य.केन्द्र कोशीबाट सुकौरा काभ्रे पहिरो संरक्षणको लागि ९० थान जाली लगाई पहिरो नियन्त्रणको कार्य सम्पन्न भएको । लाटाङ खोला खोलिटार सिचाइ कुलो निर्माण अन्तर्गत ६३ एमएमको २०० मी. र ५० एमएमको पाईप २०० मी.बाट सिचाई कुलो निर्माण भएको । संघीय खा.पा. योजना अन्तर्गत बरुवा बृहत खानेपानी योजनाको १० ओटा टंकी निर्माण र १३ कि.मि.मूल पाईपलाईन विछ्याउने कार्य भईरहेको । यस अवधिमा पशु विमा कार्यक्रम अन्तर्गत ३६ ओटा भएको । पशु उपचार तथा बन्ध्याकरण अन्तर्गत १०३ पशुहरुमा भएको । रेविज खोप २१ पशुहरुमा लगाईएको । हिउदे घास जै र बर्षिमको विउ १०५ केजि वितरण गरिएको । पशुहरुमा लाग्ने थुनेलो रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको जसमा २५ जना कृषकहरुको सहभागिता रहेको । संघीय खा.पा. योजना अन्तर्गत बरुवा बृहत खानेपानी योजनाको १० ओटा टंकी निर्माण र १३ कि.मि.मूल पाईपलाईन विछ्याउने कार्य भईरहेको । यस अवधिमा पशु विमा कार्यक्रम अन्तर्गत ३६ ओटा भएको । पशु उपचार तथा बन्ध्याकरण अन्तर्गत १०३ पशुहरुमा भएको । रेविज खोप २१ पशुहरुमा लगाईएको । हिउदे घास जै र बर्षिमको विउ १०५ केजि वितरण गरिएको । पशुहरुमा लाग्ने थुनेलो रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको जसमा २५ जना कृषकहरुको सहभागिता रहेको । आहाले गैरीटोल आपडाडा तिनधारे सडक निर्माण अन्तर्गत २ लाख बजेटबाट ५७२ मि.सडक सरसफाइ र ६७५ मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको । सिदाली आहाले रौता सडक स्तरउन्नति योजना अन्तर्गत ३६३ मि. सडक चौडा बनाउने, सडक सरसफाइ १ कि.मी. र १५० मि. सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको । सिदाली टोल विकास संस्थाको भवन निर्माणका लागि स्वीकृत २ लाख बजेटबाट भवनको गाहे र जस्ताको छाना लगाउने कार्य सम्पन्न भएको । वडा कार्यालय आसपास चिलाउने भन्ज्याङ र आहाले बजार क्षेत्रमा करीव २० थान पोलमा सडकबत्ति विस्तार गरिएको । चुनिया“ खोला मुल सिचाई कुलो मर्मत अन्तर्गत ६३ मिटर सिचाई कुलो सिमेन्टेड च्यानल निर्माण कार्य सम्पन्न भएको । वडा कार्यालय–फोक्सीन्टार सडक स्तरउन्नति योजनामा ३८१ मि. सडक विस्तार र ग्राभेल ३७१ मि. गरि सडक स्तरउन्नति गर्ने कार्य सम्पन्न भएको । माथिल्लो बेङरी मोक्तान टोल खानेपानी योजना अन्तर्गत ५ हजार लिटर क्षमता भएको टंकी निर्माण कार्य सम्पन्न भएको । ज्यामिरे खोला काभ्रे सिचाई कुलो निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी अन्तर्गत ८ जना कामदार परिचालन गरि ७४५ मि. कुलो निर्माण, २२२ मि. १६० एमएमको पाईप लगाउने कार्य र करीव २ कि.मि.सडक मर्मत सम्भार गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको । नगरस्तरीय बजेट रु. ८ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. ६ लाख ६८ हजार बजेटबाट बेल्दोभान–फोक्सीन्टार सडक खण्ड साझेदारी योजना अन्तर्गत १० जना कामदारहरु परिचालन गरि करीव ४ कि.मी. सडक स्तरउन्नति भएको, जसमा २४२० मि. ग्राभेल, १ कि.मी. नाली निर्माण र ४० मि. ढुंगाको सोलिङ गर्ने कार्य सम्पन्न भएको । डहर खोला अम्बोके र सिद्रे स्कूल डाडा कुलो मर्मत योजना प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारीबाट २ जना कामदार परिचालन गरि ४४० मि. कुलो मर्मत भएको, जसमा ३६ मि. १८० एमएमको पाईप, १७५ मि. ७५ एमएमको पाईप विछ्याउने कार्य र २८० मि. स्थानीय सडक मर्मत तथा सरसफाइ कार्य सम्पन्न हुने चरणमा रहेको छ । जाल्पादेवी थान जाने सिढी निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारीबाट ५ जना कामदार परिचालन गरि ७० मि. पक्की सिढी र ७ मि.सुख्खा सिढी निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । वडागत स्वीकृत बजेट रकम रु. ३ लाखबाट पञ्चावती आ.वि.जा“ते सिद्रेको स्थानन्तरण तथा भवन मर्मत अन्तर्गत ४ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय तह जिसस उदयपुरको कोष साझेदारी कार्यक्रम अन्तर्गत आ.वि.बेङरी कम्पाउण्ड २५.१० मि. घेराबेरा, २ ओटा भवन र∙रोगन र गेट निर्माण कार्य सम्पन्न भएको । स्थानीय तह जिसस उदयपुरको कोष साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी चिलाउने कम्पाउण्ड ३६.१५ मि. घेराबेरा र गेट निर्माण कार्य सम्पन्न भएको । नगरस्तरीय स्वीकृत योजना अन्तर्गत मा.वि.चिलाउने कम्पाउण्ड ५५.२५ मि. घेराबेरा र गेट निर्माण कार्य सम्पन्न भएको । प्रदेश सरकारको ७ लाख आर्थिक सहयोगमा जा“ते सिचाई कुलो १८० मि. पक्की सिमेन्टेड च्यानल निर्माण कार्य अन्तिम चरणमा रहेको । महिला लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालय र विहानी महिला सामुदायिक संस्थाको साझेदारी तथा जिल्ला अस्पताल उदयपुर र सुखायु आयुर्वेद अस्पतालको समन्वयमा महिला स्वास्थ्य शिविर तथा आयुर्वेद उपचार परामर्श शिविर सम्पन्न भएको छ, जसमा ७७ जना स्थानीय व्यक्तिहरुले स्वास्थय उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । वडागत स्वीकृत १ लाख बजेटबाट शिकारीधारा वि.क.टोलहुदै तामाङटोल जाने सडक स्तरउन्नति अन्तर्गत १५ मि. सडक ढलान कार्य सम्पन्न भएको । वडागत बजेट रकम रु. १ लाख ५० हजारबाट चिलाउने भन्ज्याङदेखि सिम्लेसम्म सडक मर्मत अन्तर्गत ७०० मि. सडक सरसफाइ, ३.५ मि.सुख्खा गाह्रो र ५१८ मि. सडक विस्तार कार्य सम्पन्न भएको । वडागत स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय वडाका जनप्रतिनिधि, कर्मचारी र टोल विकास स.स्थाका पदाधिकारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । आ.व. २०८०÷०८१ प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ , जसमा ५० जना सरोकारवालाहरुको सहभागिता रहेको । नगरस्तरीय बजेट रकम रु. २५ लाख ४२ हजार लागतमा निर्माण भईरहेको शाहिखोला सिमलगाछी १३ मि. लम्बाई भएको स्ल्याप कल्भर्ट निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको । वडा कार्यालय र सरस्वती सा.व.उ.स.को साझेदारीमा बजेट रकम रु. १२ लाख बाट स्थानीय सा.व.उ.स.का ३४ घरधुरी उपभोक्ताहरुको घरको छाना निर्माणका लागि जस्तापाता सहयोग कार्यक्रम अन्तिम चरणमा पुगेको । रातापानी डहर जोड्ने बरुवा खोलामा ८७ मि.लम्बाई भएको झो.पु.निर्माण कार्य भईरहेको । बरुवा खोला धपेनी खेत संरक्षण अन्तर्गत ४२८ घ.मि.माटो मिलाउने, ६ मि.ढुंगाको गाह्रो लगाई करीव ५ रोपनी जग्गा सम्याउने कार्य सम्पन्न भएको । साना सिचाई कार्यक्रम अन्तर्गत बरुवा खोला बगर खेत सिचाई कुलो मर्मत अन्तर्गत ७०० मि.सिमेन्टेड च्यानल, १२ मि.पाईप कुलो र क्रसिङ कुलो समेतको कार्य सम्पन्न हुने चरणमा रहेको । आगामी आ.व. का लागि साना सिचाई कार्यक्रम अन्तर्गत २ ओटा सिचाई कुलो मर्मत योजना स्वीकृत भएको । वडाभित्रका विद्युत लाईनको काठेपोल विस्थापित गर्न २५ थान र विस्तारको लागि १० थान स्टिल ट्युवलर पोल व्यबस्थापन भएको । धौरी खानेपानी योजना कार्यान्वयनको लागि प्रदेश सरकारबाट बजेट व्यबस्थापनका लागि प्रतिबद्धता आएको । जाल्पादेवी थान जाने सिढी र रेलिङ निर्माणका लागि प्रदेश सरकारमा बजेट माग गरिएको । वडाले हाल सम्मको प्रगति विवरण सार्वजानिक गर्दै भावी योजना समेत तयार गरेको छ । वडावासीहरुको अत्यावश्यक कुराहरुलाई ध्यानमा राखी आगामी योजना तयारी गरिएको अध्यक्ष राईको भनाई छ ।

यस्तो छ आगामी योजनाको प्राथामिकता

वडा केन्द्र पहुच सडकको स्तरउन्नति तथा कालोपत्रे पहिलो प्राथमिता । सुरक्षित नागरिक आवास र जनता आवास कार्यक्रम कार्यान्वयनमा जोड । पूर्ण विद्युतिकरण वडा घोषणा । गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवाको प्रबद्र्धन र विकास । व्यबसायिक कृषि पशुपालन, पर्यटन क्षेत्रको विकास र स्परोजगारी । प्रविधिमैत्री वडा कार्यालय व्यबस्थापन । स्वच्छ खानेपानीको व्यबस्था र पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन । वडाभित्रका सबै सडकहरुको स्तरउन्नतिमा जोड । सडक बत्ति विस्तार तथा व्यबस्थापन । सञ्चार सेवामा नागरिकको पहु“च विस्तार र वडा प्रोफायल तथा आवधिक योजना निर्माण र कार्यान्वयन लगायत ११ ओटा बुद्धामा आगामी योजनालाई प्राथामिकतामा राखिएको छ ।

३८.९ बर्ग किमि क्षेत्रफल रहेको यस वडाको ८०४ घरधुरी संख्यामा ४५५२ जनसंख्या छ भने, बढ्दो बसाइ सराई, गरीवी र बढ्दो बेरोजगारी वडा लामो दुरीको सडक पूर्वाधारका हिसावले पछाडी पर्नु यस वडाको मुख्य चुनौती रहेको अध्यक्ष राईले जनाए । तर यो सँगै प्रसस्तै अवसरहरु पनि रहेको उनको भनाई छ । वडामा विकासका आधारभूत पूर्वाधारहरु तयार हुनु, नागरिक, कर्मचारी र जनप्रतिनिधिहरु विच विश्वाशको वातावरण, स्थानीयस्तरमा समन्वय सहकार्यको अनुकुल वातावरण, वडा खानी खनिज पदार्थको हिसावले भरिपूर्ण हुनु, वडामा नगरको सामरिक पर्यटकिय गन्तव्य स्थानहरु हुनु र कोशि प्रदेशस्तरीय हिल स्टेशन तथा हिल सिटीको बहुबर्षिय योजना स्वीकृत हुनुलाई वडाले बिषेश अवसरको रुपमा लिएको छ ।

यस वडामा आर्थिक बर्ष २०८०/०८१ को लागि वडाको ७० लाख सिलिङ बजेट सहित अन्य बिभिन्न क्षेत्रहरुको गरी ३ करोड २४ लाख ५७ हजार ५४६  बजेट रहेको छ । सरोकारवालाको सहभागितामा चौमासिक प्रगति तथा उपलब्धिहरुको समिक्षा गर्ने र आगामी चौमासिक अवधिमा योजना कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्न सल्लाह सुझाव प्राप्त गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेका वडा सचिव महेश खनालले जनाए ।