Wednesday, April 22News That Matters

त्रियुगा नगरपालिका–११ का द्धन्द्धपीडित परिवारलाई सम्मान

पूर्णपुष्टि, मंसिर २०
उदयपुरको त्रियुगा नगरपालिका–११ का द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आयोजना गरेको टोल विकास संस्थाहरुसँगको अन्तरक्रिया र द्धन्द्धपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरुले परिवर्तनका लागि लडेकाहरुको उचित सम्मान हुनु पर्ने बताए ।
आईतबार मानव अधिकारका लागि महिला एकल महिला समितिको समन्वयमा आयोजित कार्यक्रममा सशस्त्र द्धन्द्धका क्रममा ज्यान गुमाएका राज्य र गैरराज्य पंक्षका १५ परिवारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।
मुलुक परिर्वतनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सहभागिहरुले राज्यका निकायहरुमा उनीहरुको सहभागिता गराउन सकेमात्र सम्मान पुग्ने बताए । राज्यका हरेक अगंमा उनीहरुको सहभागिता सुनिश्चित गर्न माग गर्दै सहभागिहरुले परिर्वतका लागि ज्यान गुमाएका सहिदहरु हल्का ढंगले नसोच्न आग्रह गरे ।


दोसल्ला र सम्मान पत्र प्रति धन्यवाद ज्ञापन गर्दै उनीहरुले उनीहरुको जीविकोपार्जनका लागि रोजगार र उद्यमशिलतामा जोड दिन आग्रह गरे । घरको मुल व्यक्तिले ज्यान गुमाउँदा अहिले पनि द्धन्द्ध पीडित परिवारलाई दुई छाक टार्न मुस्किल परेको बताउँदै रोजगारमुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा उपमेयर देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताईन् । वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव भएको स्मरण गर्दै उनले द्धन्द्धपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए ।
कार्यक्रममा महिला हिंसा न्युनिकरणका सवालमा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख उमा गुरुङ्ग, गैसस महासंघका केन्द्रिय सदस्य तथा प्रदेश इन्र्चाज महेश्वरी राई, नेपाल पत्रका महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका सचिब सिएम गुरागाई, मानव अधिकार एलायन्सका देवी कटुवाल, अभियानकर्मी पाण्डु परियार, अम्बिका मगर लगायतले बोलेका थिए ।