Friday, June 12News That Matters

त्रियुगा नपाकाे मतगणना अन्याैलताप्रति काङ्ग्रेसकाे आपत्ती, आयाेगप्रति आशङ्का

पूर्णपुष्टि, जेठ ५ – उदयपुरकाे त्रियुगा नगरपालिकाकाे मतगणनालाई निर्वाचन आयाेगले लामाे समय अन्याैलमा पारेकाेमा नेपाली काङ्ग्रेस उदयपुरले आपत्ती प्रकट गरेकाे छ । आज विज्ञप्ती जारी गर्दै काङ्ग्रेसले त्रिनपा -१२ काे पुन: मतदान वा त्यतिकैमा गणना गर्ने कुराकाे निर्णय नदिएकाेमा आपत्ति जनाएकाे छ । यसले आयाेगप्रति आशंका पैदा भएकाे जनाईएकाे छ । तत्काल निर्णय गरि त्रियुगा नपाकाे मतगणना सुरु नगरे आन्दाेलन गर्ने चेतावनी पनि दिईएकाे छ । काङ्ग्रेस उदयपुरका सभापति एवम् १ नं. प्रदेश मन्त्री हिमाल कार्कीले विज्ञप्ती जारी गरेका हुन् ।