
पूर्णपुष्टि, २६ भदौ ।
त्रियुगाको बाढीमा फसेका एक बृद्धलाई सशस्त्र प्रहरी वल नं ५ गण हेक्वाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका १२ का ५८ बर्षिय महेन्द्र शर्मालाई शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । बिहिबार बिहान त्रियुगा पुल मुनी बसिरको अवस्थामा एक्कासी बाढी आएपछि बृद्ध बाढीमै फसेका थिए । बाढीमा फसेको भन्ने सूचना पछि सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरका शसस्त्र प्रहरी निरिक्षक राज विक्रम खड्काको टोली तत्काल घटना स्थल तर्फ पुगेका थिए । वरी परि बाढी बिचमा फसिरहेका शर्माको डोरी बाट सकुशल उद्धार गरेको खड्काले जनाए । तत्काल उदद्धारले शर्मालाई जोखिमबाट मुक्त गर्दै ज्यान बचाउन सकेको निरिक्षक खड्कोका भनाई छ ।

