
पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको १२ नं. वडाको वडाध्यक्षमा नेपाली काङ्ग्रेसको चुडाराज काप्mलेले प्यानलै विजयी हाँसिल गरेका छन् । उनले ४३९ मत लिएर विजयी हाँसिल गरेका हुन् । उनले एमालेका रमेश राउत क्षत्रीलाई ३१ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । क्षत्रीलाई ४०८ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का नविनकुमार बान्तवा राईलाई तेस्रो मत ४०४ प्राप्त भयो ।
वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको लक्ष्मी नारायाण चौधरी र दिलसेर अलिमिया विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी अनिता थापा र दलित महिला सदस्यमा काङ्ग्रेसकै रामकली विश्वकर्मा विजयी बनेका छन् ।
