Saturday, June 13News That Matters

त्रियुगाका जनप्रतिनिधीको सय दिनको उपलब्धी सार्वजनिक

पूर्णपुष्टि, भदौ २० गते ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले सय दिनमा गरेको कार्यको विवरण सार्वजनिक गरेको छन् । आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर बसन्त बस्नेतले २९ बुदे उपलब्धी सार्वजनिक गरेको छ ।त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले सय दिनमा ५८१ थान विद्युत चुलो वितरण गरेको, विद्युतिय भुतानी प्रणाली शुरु, मुसहर समुदायको सर्वाङगिण विकास कार्यक्रम, प्रसाशकिय भवन निर्माण सम्झौता, एम्बुलेन्स बितरण लगायतलाई उपलब्धीमा उल्लेख गरेको छ । यस्तै टेलिकम टावर निर्माणको व्यबस्था, वडामा प्राविधिक कर्मचारी राख्ने निर्णय, नौ लाख सम्मको योजना प्राविधिक मुल्याङ्कन वडाबाटै गर्ने निर्णयलाई उपलब्धी मानेको छ ।

सय दिनको प्रगतीमा डम्पिङ्ग साईट निर्माणको प्रारम्भिक कार्य शुरु गरिएको उल्लेख गरिएको छ भने यो अवधिमा नगरले नगरको महिला शौचालयमा स्यानीटरी प्याड राख्ने कार्य समेत शुरु गरेको छ । वडा नं. ४ बगाहामा लगानी बोर्ड र नगरको साझेदारीमा मेडिकल कलेजको स्थापनाको लागी कार्य प्रारम्भ गरेर जिल्लामै मेडिकल कलेज स्थापना गर्न लागेको उल्लेख गरेको छ ।