
पूर्णपुष्टि, बैशाख १६
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न थालेका छन् । उनिहरु अहिले जनता सामु आफ्नो ऐजेण्डा सहित भोट माग्नमा व्यस्त रहेका छन् । त्रियुगा नगरपालिकामा १३ जनाले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको भएपनि कांग्रैस, एमाले, संयुक्त गठबन्धन माओवादी–एकीकृत समाजवादीले भोट माग्ने कामलाई तिव्र बनाएको छ । यी तिन पार्टीले नै त्रियुगामा मुख्य प्रतिस्पर्धा गर्ने पनि देखिएका छन् ।
त्रियुगा नगरमा तिव्र प्रतिस्पर्धा हुने भएपछि उम्मेदवारहरु भोट माग्न घरघरमा व्यस्त रहेको हो । माओवादी र समाजवादीको संयुक्त गठबन्धनले आज शुक्रबार त्रियुगा नगरपालिका वर्डा नं ३ र ४ को वस्तीहरुमा पुगेर जनतासँग भोट मागेको छ ।

गठबन्धनका मेयर पदका उम्मेदवार वलदेव चौधरी सहित उपमेयर गिता कुमारी खड्का, वडाअध्यक्ष कालिदास राई (किसन) वडासदस्यहरु र सयौँ कार्यकर्ताहले वडा तथा नगरवासीहरुलाई भोट माग्ने काम गरेको छ । उनिहरुले ३ नं वडाका भुल्के, मोतीगडा, चाप, र ४ नं वडाका
बगाहा, ढल्केवर लगायतका स्थानहरुमा पुगेर जनता सँग भोट मागे ।
यस्तै एमालेले पनि त्रियुगा नगर प्रमुखका दावेदार भागवत राउतको नेतृत्वमा उपमेयर महेश्वरी राई सहित ३ नं वडाका मोतिगडामा घरदैलो अभियान चलाए । यस्तै नेपाली कांग्रेसले पनि पार्टी जिल्ला सभापति हिमाल कार्की र नगर प्रमुखका उम्मेदवार वसन्त बस्नेत सहित वर्डा नं ६ जलजलेमा भोट माग्ने अभियान अन्तरर्गत आमभेला गरी निर्वाचन कार्यक्रम गरेको छ ।
