Friday, June 12News That Matters

त्रियुगाको वडा नं. १० मा मतगणना जारी ९ सय मत गन्दा काँग्रेस अगाडी

पूर्णपुष्टि, जेठ १५ गते ।
त्रियुगा नगरपालिका–१० मा ९ सय मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार अगाडी रहेका छन् । काँग्रेसका वडाध्यक्ष उम्मेदवार रहेका प्रकाशकुमार खड्का ३१९ मतका साथ अगाडी छन् । खड्कालाई नेकपा एमालेका उम्मेदवार किरण पाण्डेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । यता गठबन्धनबाट माओवादीका उम्मेदवार ज्ञानेन्द्र मगरले १ सय ६३ मत प्राप्त गरेको छ ।
नगर प्रमुख पदमा भने एमालेका उम्मेदवार भागवत राउत ४१३ र उप्रमुखमा महेश्वरी राई ४४५ मतका साथ अग्रस्थानमा रहेका छन् ।