
पूर्णपुष्टि, वैशाख ३० ।
त्रियुगा नगरपालिकाको सबै वडाबाट मतपेटीका संकलन भएका छन् । पालिकाको १ देखिको १६ वटा वडाहरु मध्ये वडा नं। १२ वाहेक सबैको मतपेटिका गणनास्थलमा जम्मा भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । वडा नं। १२ मा मतदान स्थगित भएपछि अन्य १५ वडा वडाको मतपेटिका सुरक्षित रुपमा संकलन भएको हो ।
मत गणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बोक्सेस्थित पशु सेवा विज्ञ केन्द्रको कार्यालयमा हुनेछ । त्रियुगाको मतगणना आज रातीबाटै गर्ने भनिए पनि वडा नं। १२ को स्थगितका कारण आज नहुने भएको छ । वडा नं। १२ को पुनः निर्वाचन गरी मतपेटिका संकलन गरेपछि मात्र गणना हुने जनाइएको छ । पुनः निर्वाचन कहिले हुने भन्ने बारे निर्णय आउन बाँकी छ ।
