Thursday, June 18News That Matters

त्रियुगाको १४, १५ र १६ नं वडाले प्रदेशको आगामी बजेटमा माग गरे यी योजनाहरु

पूर्णपुष्टि, १७ वैशाख ।
त्रियुगा नगरपालिकाका तीन पहाडी वडाहरुले प्रदेश सरकारको आगामी बजेटमा बिभिन्न कार्यक्रम तथा योजनाहरुका लागि बजेट छुट्टाउन माग गरेको छ । नगरपालिको १६, १५ र १४ का तीन वडा अध्यक्षहरुले आईतबार कोशी प्रदेशका बिभिन्न बिभागीय मन्त्रालयहरुमा पुगेर आगामी बजेटमा वडाको योजना तथा कार्यक्रमका लागि बजेट छुट्टाउन माग गरेको हो । वडाका अत्यावश्यक अधुरा योजना र थप नयाँ योजना कार्यक्रमहरुका लागि प्रदेशले आगामी बजेटमा समेट्नु पर्ने भन्दै सम्बन्धित मन्त्रालयहरुमा पत्र बुझाईएका हुन् । उनिहरुले बजेट अभावका कारण विकास हुन नसकेका कतिपय योजना तथा कार्यक्रमहरु प्रदेश सरकारसामु पेश गरे । यी वडाहरुले बिषेशगरी भौतिक पूर्वधार विकास मन्त्रालय, पर्यटन विकास, कृषि खानेपानी तथा सिँचाई, सामाजिक विकास लगायतका मन्त्रालयहरुमा आफ्नो योजनाको कार्यक्रमहरु पेस गरेका थिए ।

१६ नं वडाका अध्यक्ष मान वहादुर राईले स्थानीय सरकारबाट सम्भव नहुने र अत्यावश्यक वडाका योजनाहरु प्रदेश सरकारको २०८०÷०८१ को आगामी बजेटमा अनिवार्य समेट्न कार्यक्रम पेस गरेको जनाए । राईका अनुसार प्रदेश कार्यालय माताहतका बिभिन्न मन्त्रालयहरुमा सम्बन्धित कार्यक्रमहरुको योजना पेस गरेको जनाए । उनले मुख्यतया तीन पहाडी वडालाई जोड्ने सडकको माग गरेको जनाए । जसमा एउटा सडक बेल्दोभान बाट १४ नं साउने तर्फ जाने, अर्को सडक बेल्दोभान बाट उकालो १५ नं तर्फ डहर हुँदै रौता जाने र अर्को बेल्दोभान बाट १६ नंफोक्सिन्टार चिलाउने हुँदै सुकौरा जाने गरी संयुक्त सडक योजनाको माग गरिएको जनाए । राईले संयुक्तरुपमा त्रियुगाको तीन पहाडी वडा विकासका लागि प्रदेश सरकारलाई जोडदारका साथ योजनाहरु बारे आगामी बजेटको माग गरेको जनाए ।

१६ नं वडाले माग गरेका योजनाहरु
अध्यक्ष राईले १६ नं वडाका लागि भौतिक पूर्वधार खानेपानी, कृषि उत्पादन र शिक्षाको बिषयमा बिषेश योजनाहरुको लागि बजेट माग गरेका छन् । वडाअध्यक्ष राईले भौतिक विकास तर्फ नगर भित्रि रहेको बोक्से, बेल्दोभान, वडा कार्यालय चिलाउने, शुकौरा र कवोई हुँदै सगरमाथा हाईवे जोडिने रिङग रोड सडक, बेल्दोभानको बरुवा खोलामा पक्की पुल माग गरेका छन् ।

  १६ नं वडाअध्यक्ष मान वहादुर राई

उक्त रिङरोडलाई अघिल्लो स्थानीय सरकारले वल्र्ड बैँकबाट डिपिआर गरेर नगरको भित्रि रिङरोडको रुपमा नगर यातायातको गुरु योजनालाई समेत प्राथामिकतामा राखेका थिए ।
यता विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वधारका भवनहरु खोनेपानी र सिँचाई सम्बन्धिका अपुग बजेटका योजनाहरुलाई पनि बजेट माग गरिएको अध्यक्ष राईको भनाई छ ।

१५ नं वडाले माग गरेका योजनाहरु

यस्तै त्रियुगा १५ नं वडाले पनि बिषेशगरी भौतिक पूर्वधारको योजनालाईनै अगाडी बढाएको छ । यो सँगै त्यस वडाले बिभिन्न १३ ओटा योजनाहरु पेश गरेको वडाअध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

 १५ नं वडाअध्यक्ष गणेश तिमिल्सिना

अध्यक्ष तिमिल्सिनाका अनुसार सडक अन्तर्गत गहते, साल्थुम्की, हरबोटे र डहर सम्मको सडक अर्को खाँबु कुभिण्डे चुलीडाँडाँको सडक अर्को रानीवास बिजनटार सडक र मुख्य मन्त्री सडकको थप बजेट लगायतका भौतिक पूर्वधार विकासका लागि ५ ओटा सामाजिक तर्फ वरुवा डहर विद्यालय सहित तिन ओटा र वाँकी योजनाहरु गरी १३ ओटा योजनाहरुमा प्रदेशलाई आगामी बजेट माग गरिएको अध्यक्ष तिमिल्सिनाले जनाए । यस्तै वडामा सिङ्कौली प्रसोधन केन्द्र र खानेपानी योजना सँगै पर्यटनका लागि स्थाई हिल सिटी र त्रियुगा हिल सिटीको पनि केन्द्र प्रदेशमा माग गरिएको अध्यक्ष तिमिल्सिनाले जनाए ।

१४ नं वडाले माग गरेका योजनाहरु

यस्तै गरी १४ नं वडामा पनि बिभिन्न योजनाहरुको माग राखिएको छ । वडाअध्यक्ष हिम मगरका अनुसार भौतिक, कृषी, पर्यटन लगायतका योजनाहरु यस वडाले पनि प्रदेश सरकार सँग माग गरेको जनाए । जसमा वडाले सडकका लागि बेल्दोभान–टोड्के साउने हुँदै १५ ं वडको त्रिवेणी चोक सडक, साउने बाँजगरा घिर्लिङ सिम्ले चौदण्डीगढी सडक, निपाने, धाप खर्क चप्पन सडक गरी तिन ओटा मुख्य सडक योजनामा समेटेको अध्यक्ष मगरले जनाए ।

   १४ नं वडाअध्यक्ष हिम मगर

पर्यटन अन्तर्गत पंञ्चेस्वर गुफा संरक्षण बाँजगरामा मोटर बोड र कृषित र्फ बाख्रा पकेट क्षेत्र र अदुवा बेसार पकेट क्षेत्रको योजना माग गरिएको छ मगरले जनाए । तीन वडाअध्यक्ष सहित प्रदेश सांसद नारायण बुर्जा मगर, अर्का सांसद राजन किराती र सम्झना तामाङ् समेतले मन्त्रालयमा योजना मागका लागि सहभागी जनाएका थिए ।