
पूर्णपुष्टि, जेठ १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ मा गठबन्धको प्यानलै विजयी भएका छन् । गठबन्धनबाट माओवादीका वडाध्याक्ष उम्मेदवार रहेका गणेशप्रसाद तिम्सीना विजयी भएका हुन् । तिम्सीनाले ९ सय ६१ मतका साथ जीत हात पारेको छ । तिम्सीनाले आफ्नो प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार निरबहादुर आले मगरलाई २ सय ८९ मतान्तले पराजित गरेको हो । मगरले ६ सय ७२ मत प्राप्त गरेका छन् ।
यता महिला सदस्यमा गोपीमाया मगरको ९ सय ४९, दलित महिला सदस्यमा रिता वि.क.ले ९ सय ३९, खुल्लासदस्यहरुमा तुलबहादुर मगर ९ सय २२ र डम्बरबहादुर राईले ९ सय मत प्राप्त गरी जीत हासिल गरेका छन् ।
