Thursday, June 11News That Matters

त्रियुगाको ४ नं. वडामा काँग्रेस विजयी

पूर्णपुष्टि, जेठ १३ गते ।
त्रियुगा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका बद्री बस्नेत विजयी भएको छन् । बस्नेतले ८ सय ८२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका नीकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुवासकुमार निरौलाले ७ सय ८१ प्राप्त गरेका छन् । यता गठबन्धनका उम्मेदवार सुवराज तामाङगले ६ सय ६९ मत ल्याएका छन् ।
सदस्यहरुमा काँग्रेसको महिला सदस्य उम्मेदवार भगवती कार्कीले ८ सय ९३, दलित महिला सदस्यमा तीलमाया परियारले ९ सय ४, खुल्ला सदस्यमा ताराबहादुर पौडेलले ९ सय ४ र एमालेका उम्मेदवार उजिर सिंह राउतले ९ सय १३ मत ल्याएर विजयी भएका छन् ।