
पूर्णपुष्टि, जेठ १३ गते ।
त्रियुगा नगरपालिका वडा नं. ६ को पनि मतगणना सुरु भएको छ । ६ नं. वडामा २ सय मत गणना गर्दा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार योगेन्द्रबहादुर दाहालले ७७ मत ल्याएर अग्रता कायम गरेको हो । दाहाललाई गठबन्धनका उम्मेदवार राकेशकुमार चौधरीले ५६ मत ल्याएर पछ्याइरहेको छ । यता नेपाली काँग्रेसका उम्मेदवार कृष्णबहादुर बुढाथोकीले ३४ मत प्राप्त गरेको छ ।
वडा नं. ६ मा प्रमुखमा एमालेका उम्मेदवार भागवत राउतले ७४ मत ल्याएर लिड गरेको छ । राउतलाई काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले ५५ मतका साथ पछ्याइरहेको छ । यता गठबन्धनका उम्मेदवार बलदेव चौधरीले ४२ मत प्राप्त गरेको छ ।
त्यसैगरी, उपप्रमुख तर्फ पनि एमालेकी उम्मेदवार महेश्वरी राई ७८ मतका साथ अगाडी रहेकी छिन् । राईलाई नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले ४० मत ल्याएर पछ्याई रहेकी छन् । यता गठबन्धनकी उम्मेदवार गिता खड्का (कार्की) ले ३९ मत प्राप्त गरेकी छिन् ।
