Wednesday, June 10News That Matters

त्रियुगाको ८ नं. वडाध्यक्षमा काङ्ग्रेस विजयी

पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगा नगरपालिकाको ८ नं. वडाध्यक्षमा काङ््ग्रेसको राजकुमार राउत ७७३ मतका साथ विजयी बनेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वि एमालेका नवराज कार्कीलाई ६९ मतले पछि पार्दै विजय हाँसिल गरेका हुन् । एमालेको कार्कीको ७०४ मत प्राप्त गरे ।
वडासदस्यमा खुल्लामा काङ्ग्रेसको जुठे दनुवार र एमालेको इन्द्रराज कार्की विजयी बने, महिला सदस्यमा काङ्ग्रेसकी रिता खड्का विजयी बनिन् भने दलित महिला सदस्यमा काङ्ग्रेसकै प्रतिमा कार्कीढोली नेपाली विजयी बनेकी छिन् ।
सो वडाबाट नगर प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेतलाई पहिलो मत ८८९ गएको छ भने एमालेका भागवत राउतलाई दोस्रो मत ७०३ गएको छ । गठबन्धनको बलदेव चौधरीलाई तेस्रो मत ५२६ मत गएको छ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईलाई पहिलो मत ७८३ गएको छ । काङ्ग्रेसकी सिरिता राईलाई दोस्रो मत ७७२ मत गएको छ भने गठबन्धनकी गिता खड्का कार्कीलाई तेस्रो मत ४३१ मत गएको छ । सो वडामा २ हजार ४३९ मत खसेको थियो ।