
पूर्णपुष्टि, वैशाख १२ गते ।
त्रियुगा नगरपालिकाको प्रमुखमा राप्रपाले हरीबहादुर राउतलाई उठाउने भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यलयमा जुलुशसहित पुगेर राप्रपाले प्रमुख ,उपप्रमुखसहित १६ वटै वडाको लागी मनोनयन गरेको छ । त्रीयुगाको प्रमुखमा राउतलाई उठाएको छ भने, उप–प्रमुखमा रामबती चौधरी लाई उठाएको हो । त्रियुगाको सबै वडामा यो पार्टीले उम्मेदवार खडा गरेको छ । प्रमुखका उम्मेदवार राउतले समुन्न्त नगर बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।
