
पूर्णपुष्टि, जेठ १२ ।
उदयपुरकाे त्रियुगा नगरपालिकामा रुखकाे मत अन्तर कलमले घटाउदै गएकाे छ । रुख र कलमबीचकाे निकटतम् प्रतिष्पर्धा चलिरहेकाेमा बढिजसाे अग्रता काङ्ग्रेसकाे छ । काङ्ग्रेसकाे अग्रता मत ३०० नजिक भन्दा बढि पुगेकाे छैन । यसबीचमा ९,५४० मत गणना हुदा कलमले मतअन्तर ७९ मा झारेकाे छ । एक पटक १ मतले अग्रता पाएकाे थियाे ।
गणनाकाे अबस्थालाई हेर्दा रुखले तराई भेगकाे १,२,३ वडाबाट पहिलाे मत पाएकाे देखिन्छ भने कलमले पहाडिभेग १६, १५, १४ बाट पहिलाे मत पाएकाे छ ।
तेस्राे स्थानमा रहेकाे सुर्यले १४ र २ नं. वडाबाट राम्राे मत पाएकाे देखिन्छ ।
अन्त गठबन्धन हुदा चाैण्डिगढि र त्रियुगामा एकल लडेकाे यहाँकाे काङ्ग्रेसकाे प्रमुख पदका उम्मेद्वार वसन्त बस्नेत रुख चिन्हमा ३०९० मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चाैधरी कलम छापमा ३०११ मतले दाेस्राे र एमालेकाे भागवत राउत सुर्य छापमा २१२६ मतले तेस्राे स्थानमा छन् ।
हालसम्मकाे मत परिणामले उपप्रमुखमा पहिलाे रुख, दाेस्राे गाेलाकारभित्रकाे हसिया हथाैडा र तेस्राेमा सुर्यले मत पाएकाे छ । अब त्रियुगाकाे मत गन्न ३० हजार ६३९ मत बाँकी छ । त्रियुगामा ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेकाे छ ।
