Thursday, September 10News That Matters

त्रियुगामा रोजगार सेवा थप प्रभाकारी बनाउन रोजगार संवाद कार्यक्रम

पूर्णपुष्टि/गाईघाट, असार १७ गते ।
त्रियुगामा रोजगार सेवालाई थप प्रभावकारी बनाउन रोजगार संवाद कार्यक्रमको आयोजना गरिएको छ । सोमवार त्रियुगा नरपालिकाको सभाहलमा कार्यक्रम आयोजना  गरिएको हो । रोजगार सेवा केन्द्र त्रियुगा नगरपालिकाको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो । रोजगार संवाद कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई सहित कर्मचारी, जनप्रतिनिधि, रोजगारदाता, तालिम प्रदायक संस्थाका प्रतिनिधि, पत्रकार, गैरसरकारी संस्थाका पदाधिकारी, बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको रोजगार केन्द्र त्रियुगा नगरपालिकाकी संयोजक निशा घलेले जनाउनुभयो । घलेले त्रियुगामा रोजगारको संख्या बढाउन सबै सरोकारवाला र रोजगारदाता तथा रोजगारी पाउने ब्यक्तिहरुबीच सेवा प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै  सोही अन्तर्गत रोजगार संवाद गरिएको संयोजक घलेको भनाई छ । सरोकारवाला सहित रोजगार दिने र रोजगार लिनेहरुबीचको सम्बादले रोजगार संख्या बढाउनुका साथै बेरोजगारको समस्याबारे अध्यानमा सहज हुने उहाँको भनाई थियो । पछिल्लो समय त्रियुगा नगरपालिकाले नगरवासीहरुलाई रोजगार तर्फ उन्मुख बनाउने बिभिन्न रोजगारदाता र सम्बन्धित निकायहरु सँग समन्वय गरिरहेको पनि घलेले बताउनुभयो । रोजगार सेवालाई थप प्रभावकारी बनाउन रोजगार दिने लिने बिच पुलको काम गर्नका लागि अनलाई पोर्टल पनि तयार गरिएको छ । सरकारले डिजिटल प्लेट फर्म मार्फत रोजगार लिने र दिने बिच सहकार्य र आपसी जोड्ने काम गरेको छ । रोजगार संसार पोर्टलले रोजगारदाता र रोजगारी लिनेहरुलाई सिधै जोड्ने काम समेत गरेको छ ।  कार्यक्रममा बेरोजगार व्यक्तिहरूको वर्तमान अवस्था, स्थानीय तथा वैदेशिक रोजगारीका अवसर, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा श्रम संसार पोर्टल मार्फत उपलब्ध रोजगार सेवाका विषयमा सार्थक छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूबाट रोजगार सेवा थप प्रभावकारी बनाउने, श्रम बजारको माग र आपूर्तिबीच समन्वय गर्ने तथा बेरोजगार नागरिकलाई रोजगारीका अवसरसँग जोड्ने सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।