
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा ६० हजार ६ सय ५७ मतदाता रहेकोमा ४० हजार १ सय ७३ जनाले मात्रै मतदात गरेका छन् । यो कुल मतदाताको ६६ प्रतिशत मात्रै हो । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन भएकोमा मतगणना कार्य विवादका कारण स्थगित रहेको थियो । मतदान भएको १२ दिनपछि आजबाट त्रियुगामा मतगणना कार्य सुरु भएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको नियर्ण अनुसार आजबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरको सहायक निर्वाचन अधिकृत दिपक मगरले जानकारी दिए ।
