Tuesday, June 9News That Matters

‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचमा सुशान्त केसी

पूर्णपुष्टि, फागुन १२ गते । ‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचका रुपमा गायक सुशान्त केसी भित्रिएका छन् । अघिल्लो सिजनका कोच प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि छन् । गायन रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन–२ को प्रसारण यही फागुन २६ गतेदेखि सुरू हुने भएको छ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । पहिलो सिजनमा जस्तै पहिलो एपिसोडमा ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरु ब्लाईन्ड अडिसनमा प्रवेश गर्नेछन् ।

ब्लाइन्ड अडिसनमा प्रवेश गर्ने प्रतिभाहरुले कोचको कुर्सी घुमाउनु पर्नेछ । कोचको कुर्सी घुमाउन सफल हुने प्रतिभाहरुको सांगितिक यात्रा त्यहीबाट सुरु हुनेछ । प्रतेक कोचले आफ्नो टिममा १२ जना प्रतिभाहरु छान्नेछन् । त्यसपछि ति प्रतिभाहरुकोे ब्याटल राउण्डमा प्रतिस्पर्धा हुनेछ ।