
पूर्णपुष्टि, साउन २० । दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि दमौटी फुटबल क्लबले जितेको छ। शनिबार बोक्से स्थित गंगा खेल मैदानमा भएको फाईनल खेलमा आयोजक ब्रोदर्श फुटबल क्लबलाई ०-३ गोलले हराउँदै दमौटीले उपाधि हात पारेको हो।
दमौटी फुटबल क्लबका लागि प्रताभ राई, अन्जन हमाल र पविन राईले एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच दमौटी फुटबल क्लबका रितेश तामाङ्ग बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे। उपाधि विजेता दमौटीले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेता ब्रोदर्शले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
प्रतियोगितामा विभिन्न व्यक्तिगत पुरस्कारहरू पनि वितरण गरिएको थियो । बेस्ट डिफेन्स पुरस्कार ब्रोदर्श फुटबल क्लबका पमिन श्रेष्ठले जिते भने बेस्ट स्ट्राइकर पुरस्कार दमौटी फुटबल क्लबका रबि शंकर चौधरीले हात पारे। दमौटीका निम छेरिङ शेर्पा बेस्ट गोलकिपर बने भने पविन राईले बेस्ट मिडफिल्डरको पुरस्कार जिते। ब्रोदर्श फुटबल क्लबका सुनिल खड्काले हाई स्कोरर पुरस्कार प्राप्त गरे। त्यसैगरी, ब्रोदर्शकै मिलन मगर राइजिङ प्लेयर र अनुराग चौधरी बेस्ट प्लेयर घोषित भए।


