Friday, May 1News That Matters

दश दिन देखी बेपत्ता उदयपुरका महेन्द्र कार्की अझै फेला परेन

पूर्णपुष्टि, २२ बैशाख ।
दशदिन अघि उदयपुरको त्रियुगा नगरपालिका ११ शिवमार्गबाट बेपत्ता भएका ५६ वर्षिय महेन्द्र कार्की अझै फेला परेका छैनन् । बेपत्ता भएको बैशाख १२ गते विहान विराटनगरको टिकट काटेर धरानसम्म पुगेको जानकारी परिवारले पाएको छ, तर हालसम्म भएभरका आफन्तहरुसंग सोधीखोजी गर्दा मान्छे फेला पर्न नसकेको उनकी श्रीमती डिकामाया कार्कीले बताइन् । कार्की कान्छि श्रीमती हुन् ।

 

उनैसंग डेरागरी बस्दै आएका कार्की श्रीमती माइती गएको बेला घरबाट बेपत्ता भएको बताइएको छ । बेपत्ता भएकै दिन प्रहरीमा खोजतलासका लागि हुलीया दिएको छ । प्रहरीले खोजतलास गर्दासमेत फेला पर्न सकेको छैन । कार्कीको मोतिगडा स्थित घरमा जेठी श्रीमती रहेको र रौतामाई गाउँपालिकाको सल्ले पनि घर रहेको जनाइएको छ । प्रहरीमा दिइएको हुलिया अनुसार ५ फिट ७ इन्च उचाइ रहेकाका कार्कीको बाँया हातको कान्छि औला नभएको, दाँया खुट्टाको कुर्कुचामा घाउ रहेको छ भने उनी बेपत्ता हँुदाको अवस्थामा कालो सर्ट, खरानी रंगको टाउजर र कालो रंगको चप्पल लगाएका थिए । खोजिमा सहयोग गरिदिन उनकी श्रीमतीको आग्रह छ । “यत्तिका दिनदेखि खोजि गर्दा पनि फेला पर्न सकेको छैन, के गर्ने, कसो गर्ने भइहरेको छु ।” उनकी श्रीमती डिकामायाले भनिन् “खोजीमा सबैले सहयोग गरिदिनु होला ।”