Friday, May 15News That Matters

दशगाजामा एक पुृरुषको शव फेला

युवराज राई । काठमाडाै‌
पूर्णपुष्टि, भदौ २९ गते ।
सप्तरीको दशगाजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ भन्सार चौक नजिक एक पुरुको शव फेला परेको हो । रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगाजामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका अन्दाजी ४०÷४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरीका प्रवक्ता तथा डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घट्नास्थलमा पुगी शवको जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको छ । पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।